अध्यक्ष एवम् कार्यकारी सम्पादक ओझा सम्मानित
News Desk
May-31 , 2022 तारिख 08:47 बेलुका

 

काठमाण्डौं । राज्य मिडिया नेटवर्कका अध्यक्ष साथै राज्य मिडिया नेटवर्कबाट संचालित राज्य दैनिक डटकमका कार्यकारी सम्पादक सरोज ओझा सम्मानित हूनु भएको छ ।  
१५ बर्ष देखी अनवरत रुपमा कार्यक्रम सचेतना र अन्य कार्यक्रम समेत प्रस्तुत गरेकाले ओझा र ग्लोरी मिडियालाई संयुक्त रुपमा नेपाल टेलिभिजनले सम्मान गरेको हो । उहाँ      ग्लोरी मिडियाको अध्यक्ष  साथै प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।  

सोमबार आयोजित नेपाल टेलिभिजनको ३७ औ वार्षिकोत्सवको अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रम माझ नेपाल टेलिभिजनले ओझा र मिडियालाई उक्त सम्मान समर्पण गरेको हो । सो अवसरमा सुचना, संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्मानपत्र र नेपाल टेलिभिजनका अध्यक्ष समिर जङ् शाहले दोसल्ला ओढाई ओझालाई सम्मान गर्नु भएको थियो । सम्मान ग्रहण पश्चात नेपाल टेलिभिजनले सम्मानको लागियोग्य ठानेकोमा कृतज्ञता व्यक्त गर्नुहुँदै यस प्रतिष्ठित सम्मानले थप उर्जा र हौसला मिलेको प्रतिकृया दिदै ओझाले भन्नु भयो ’हामीले विगत १५ वर्ष देखी अनवरत रुपमा नेपाल टेलिभिजनसँग सहकार्य गर्दै आएका छौं, आजको सम्मानलाई हामीले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छौं, यो पेशागत प्रतिबद्धता, वस्तुनिष्ठ कर्म, निरन्तरता र सामुहिक भावनाका कारणले गर्दा संभव भएको हाम्रो बुझाई छ । सम्मानका लागि नेपाल टेलिभिजन परिवार, टिममा रहनु हुने साथीहरु, साल्ट ट्रेडिङ् परिवार, आमदर्शक, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं’ ।

अध्यक्ष एवम् कार्यकारी सम्पादक ओझाको संक्षिप्त परिचय 

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवम् राज्य दैनिक डटकमका कार्यकारी सम्पादक सरोज ओझा टेलिभिजन कार्यक्रम प्रस्तोता, सम्पादक तथा निर्देशक समेत हुनुहुन्छ । तनहुँको ब्यास ५ मा जन्मिनु भएका उहाँको हालको स्थायि बसोबास ललितपुर जिल्लामा रहेको छ । उहाँ विगत डेढ दशक देखी नेपाल टेलिभिजनसँगको सहकार्यमा अनवरत रुपमा टेलिभिजन कार्यक्रम उत्पादनसँग जोडिदै आउनु भएको छ । हाल पनि उहाँ  एनटिभी न्युजबाट साप्ताहिक रुपमा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता, सम्पादक तथा निर्देशक हुनुहुन्छ । ओझाले हालसम्म सचेतना बाहेक पनि बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार कार्यक्रम, नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलिश्रिँखला कुरा मात्रै भो निर्माण एबम प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिष्ठ योगदान पुर्याउनु भएको छ। ओझा एक सफल डकुमेन्ट्री मेकर समेत हुनुहुन्छ । हालसम्म उनले हेल्थ रिटेन्सन, विश्व स्वास्थ्य संगठन, २०२१, गद्धी बैठक पुनर्निमाण, यु एस एम्बेसडर फण्ड –२०७५ , लुम्बिनी, आईबिडिए–०७४, अन्नपूर्ण ओडिसी, नेपाल पर्यटन बोर्ड–२०७१, किर्तीपुरको पर्यटकिय सम्भावना, किर्तीपुर न.पा. –२०७३, सहुलियत दरको सुपथ मुल्य पसल, साल्ट ट्रेडिङ–२०६८ देखी हरियो झन्डा अभियान, ललितपुर मनपा–२०७४, नेपालमा सुख्खा बन्दरगाहा,एनआईटिडिबि, नेपाल सरकार–२०६७ , दशौ सार्क व्यापार मेला, टिईपिसी, नेपाल सरकार–२०६८, बाल मैत्री स्थानिय शासन, सिसिडब्लुबी, नेपाल सरकार–२०६९, सबैका लागि पानी, फण्ड बोर्ड, नेपाल सरकार–२०७० लगायतका वृत्तचित्र निर्माण लगायत स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गर्नु भएको छ । उहाँ एक कुशल जीवनी लेखक पनि हुनुहुन्छ ।

साथै, उहाँले विभिन्न कम्पनी तथा संस्थाको प्रेस सल्लाहकारका रुपमा कार्य गर्दै आउनु भएको पनि छ ।  

त्यस्तै, उहाँले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपाल स्थित १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गर्नु भएको थियो । अध्यक्ष एवम्  कार्यकारी सम्पादक  ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन, कर्पोरेट खबर पत्रिका र खेल जित मनोविज्ञान पुस्तकको सम्पादकको रुपमा रहेर समेत कार्य गर्नु भएको छ ।  नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव समेत रहनु भएका उहाँ अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटीमा कार्यसमितिमा निर्वाचित हुनु भएको थियो ।  ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहनु भएका उहाँको व्यक्तित्व बहुआयामिक छ ।  नेपाली र अंग्रेजी दुवै भाषा माथि राम्रो पकड राख्नु हुने उहाँले नेपाली र अंग्रेजी अनुवादकको रुपमा समेत कार्य गर्दै आउनु भएको छ । उहाँले  वित्त, वाणिज्य, सामाजिक, राजनीतिक, कुटनितिक, पर्यटन, कृषि, बालबालिका लगायतका जुनसुकै क्षेत्रको बिषयमा गहिराईमा पुगेर लेख्न सक्ने ल्याकत राख्नु हुन्छ । उहाँ मास्टर्स् इन मिडिया टेक्नोलोजी, स्नाकोत्तर तहका शोधार्थी हुनुहुन्छ । २०२१ मा ओझालाई थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलले युएनपिकेएफसी हुमानेटेरियन अवार्डबाट विभुषित गरेको थियो ।  उहाँले सन् २०१९ मा इजिप्टको अलेक्जेन्ड्रीयामा एमएसएन एक्सिलेन्स अवार्ड प्राप्त गर्नु भएको थियो ।