भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ?भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ?
News Desk
Jun-01 , 2022 तारिख 03:19 बेलुका

काठमाडौं ─ १८ जेठ २०७९

काठमाडौं, काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ ।बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो ।बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको हो । विमानको अरू अवस्था सामान्य रहेको र प्राविधिक जाँच भइरहेको उनको भनाइ छ ।काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भएको थियो । ६९ यात्रु सवार विमानमा समस्या आएपछि काठमाडौं फर्काइएर बुद्ध एयरकै अर्को विमानमार्फत यात्रुहरूलाई भद्रपुर पठाइएको छ ।