तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई हस्तान्तरण गरिंदै
News Desk
Jun-02 , 2022 तारिख 11:00 बिहान

काठमाडौं ─ १९ जेठ २०७९

काठमाडौं, तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोष्टमार्टम गर्ने काम सकिएको छ ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।