News Desk
काठमाडौँ ─ १९ जेठ २०७९
काठमाडौँ, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके (एसओएनपी) मा नयाँ नेतृत्व चयन भएको छ । आइतबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको आठौं अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सोसाइटीको नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गजेन कटुवाल, सचिवमा डा. ओमप्रसाद गौतम, सहसचिवमा रामहरि हमाल र कोषाध्यक्षमा शम्भुनाथ अधिकारी चुनिएका छन्।
कार्यसमिति सदस्यमा विमल अधिकारी, चन्द्र कार्की, गीता भट्टराई, प्रनिता पराजुली तिमिल्सिना, रामजी पौडेल र सूर्य कंडेल चुनिएका छन्। संस्थाको आठौं कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा निवर्तमान कार्यसमितिले नयाँ समितिलाई कार्यभार हस्तान्तरण गर्ने छ।
यसअघि संस्थाका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव दिलिप पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गोविन्द महतले आर्थिक प्रतिवेदन पेश गरेका थिए। सन् २००८ मा स्थापित सोसाइटीमा बेलायतमा कार्यरत विभिन्न पेशामा संलग्न नेपाली प्रोफेसनल्सहरु आबद्ध छन्।