मोटर्साइकल चोरिको बिगबिगी, प्रहरीद्वारा ८ चोर सार्वजनिक
News Desk
Jun-03 , 2022 तारिख 12:34 बेलुका

झापा  ─ २० जेठ २०७९

झापा, अर्जुनधारा नगरपालिका ८ र १० मा ग्यारेज संचालन गर्ने भनी सटर भाडामा लिएका मोटर्साइकल चोरी गर्ने गिरोहका ८ जनालाइ प्रहरिले पक्राउ गरेको छ। बिहिबार सार्वजनिक गरिएका ती ब्याक्तिहरु चोरिका १२ मोटरसाइकल सहित पक्राउ परेका हुन। अर्जुनधारामा भाडामा लिइएको सटरमा बिक्री वितरणको लागि भनी मोटर्साइकल राखिने र सोही बाट चोरिका मोटरसाइकल बिक्री हुने प्रहरिले आफ्नो अनुसन्धानबाट बताएको छ।

सप्तरीको टिकुली नगरपालिका ५ का २७ वर्षीय करण मोहमद जो ग्यारेज संचालन गर्थे उनी सहित झापा गौरीगञ्ज ५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा ८ का १८ वर्षीय समीर मियाँ, बिर्तामोड ५ का १८ वर्षीय विष्णु भण्डारी, सोहि उमेरका करण मण्डल, बिर्तामोड ३ निवासि १९ वर्षीय कुमार राजवंशी, सोही वडामा बसोबास गर्ने १८ वर्षीय सुमन विहारी र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरिएको हो। निजहरुको साथबाट बिर्तामोड नगर तथा यसको आसपासबाट विभिन्न समयमा चोरी गरिएका बजाज, यामाहा, हिरोहन्डा, हन्डा, सुजुकी र टिभिएस कम्पनिका मोटरसाइकल बरामद भएको प्रहरिले जनाएको छ ।