जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी
News Desk
Jun-03 , 2022 तारिख 12:52 बेलुका

ओखलढुङ्गा  ─ २० जेठ २०७९

ओखलढुङ्गा, पर्माकल्चर विधिबाट ओखलढुंगाको निशंखेमा पहिलो पटक तरकारी उत्पादन गरिएको छ । सुख्खाग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो । रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनि १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको तहतह बनाएर खेती लगाउने गरिन्छ ।

यस विधिबाट निशंखेमा आलु, फूलगोभी, साग, प्याजलगायतका तरकारी उत्पादन गरिएको छ । एकपटक पर्माकल्चर विधिबाट खेती गरेपछि पटक पटक मलजल तथा खनजोत गर्नु नपर्ने, अर्गानिक उत्पादन हुने र उत्पादन बढ्ने भएपछि यो विधितिर किसानलाई प्रेरित गरिएको स्वयंसेवी अभियान नेपालका अध्यक्ष भूपेन्द्रकुमार घिमिरेले बताउनुभयो । संस्थाले अहिलेसम्म पर्माकल्चर विधिबारे सुख्खाग्रस्त क्षेत्रका २ सयभन्दा बढी किसानलाई तालिम समेत दिइसकेको छ ।