यात्रुवाहक बस पुलबाट तल खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु
News Desk
Jun-05 , 2022 तारिख 11:11 बिहान

रुपन्देही ─ २२ जेठ २०७९

रुपन्देही, जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो ।

दूर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।