विश्व वातावरण दिवस: प्रकृतिमुखी जीवनशैली अपनाउन वातावरणविद्को सुझाव
News Desk
Jun-05 , 2022 तारिख 03:09 बेलुका

काठमाडौँ ─ २२ जेठ २०७९ 

काठमाडौँ, आज विश्व वातावरण दिवस । संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । नेपालमा पनि आज कै दिन हरेक वर्ष यो दिवस मनाइन्छ ।

यस वर्ष दिवसका लागि ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण प्राकृतिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्नुपर्नेमा वातावरणविदहरुले जोड दिदै आएका छन् ।