मध्यपूर्बका खाडी मुलुकहरुमा जुन ९ देखि नेपाली फिल्म कबड्डी ४ प्रदर्शन हुने
News Desk
Jun-06 , 2022 तारिख 10:59 बिहान

दुबइ  ─ २३ जेठ २०७९

दुबइ, मध्यपूर्बका खाडी मुलुकहरुमा नेपाली फिल्म कबड्डी ४ प्रदर्शन हुने भएको छ । मध्यपूर्बका राष्ट्रहरु यूएई, कतार, बहराइन र ओमानका सिनेमा हलहरुमा जुन ९ तारिक देखि फिल्म प्रदर्शन हुने मध्यपूर्बका लागि नेपाली बितरक रमेश ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार यूएईका २० वटा हलहरु सहित खाडी मुलुकका अन्य 20 वटा हलहरुमा कबड्डी ४ एकैसाथ प्रदर्शन हुनेछ ।

‘कबड्डी’को चौथो श्रृंखला नेपालका झण्डै डेढ सय पर्दा र बिदेशका दर्जन हलहरुमा एकैसाथ प्रदर्शन शुरु भएको छ । बिहीबार बेलुका कमलपोखरी स्थित बिग मुभिज मल्टिप्लेक्समा ‘कबड्डी ४’ को भव्य रेडकार्पेट प्रिमियर आयोजना गरिएको थियो ।

दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘कबड्डी ४’ मुख्य पात्र काजी दयाहाङ राईको विवाह वरपर घुम्छ । फिल्ममा काजीको बिहे हुन्छ वा हुँदैन भन्ने कौतुहलता दर्शकमाझ छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा यस् फिल्म कोभिडले नेपाली फिल्म क्षेत्र धराशायी बनेको पछिल्लो अवस्थामा कबड्डी ४ को कमब्याकले नेपाली सिनेछेत्र आशाबादी बनेको छ ।