श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठद्धारा ध्यानाकर्षण
News Desk
Jun-06 , 2022 तारिख 05:44 बेलुका

 

काठमाडौं ─ २३ जेठ २०७९

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘पार्टी निर्णय र नेतृत्वलाई चूनौति दिएको’ भनि अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा चलाइएको भ्रामक प्रचार अभियान प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘विशेषतः मलाई मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेतृत्वप्रति म सदा आभारी छु । मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु । पार्टी निर्णय नमान्ने चेतावनी दिएकोु भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु’, श्रेष्ठद्धारा जारी विज्ञप्तिमा छ ।

ध्यानाकर्षण
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘पार्टी निर्णय र नेतृत्वलाई चूनौति दिएको’ भनि अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा चलाइएको भ्रामक प्रचार अभियान प्रति गम्भीर ध्यानाकर्षण भएको छ । विशेषतः मलाई मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेतृत्वप्रति म सदा आभारी छु । 

मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु । ‘पार्टी निर्णय नमान्ने चेतावनी दिएको’ भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु ।
कृष्णकुमार श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा