News Desk
गोरखा । गण्डकी गाँऊपालिका करार कर्मचारी मञ्चले गोरखा जिल्ला गण्डकी गाँऊपालिका गाँऊ कार्यपालिकाको अषाढ ३० गतेको ८७ औँ बैठकले गण्डकी गाँऊपालिका, गाँऊ कार्यपालिका कार्यालयबाट नियुक्ति लिई सेवा करारमा कार्यरत रहेका विद्यालय र ओभीओटी अन्तर्गत बाहेकका सबै अस्थायी सेवा करार र ज्यालादारीमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय प्रति आपत्ति जनाएको छ । गण्डकी गाँऊपालिका,गाँऊ कार्यपालिकाको कार्यालय ,वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य ईकाई, आयुर्वेद औषधालयमा कार्यरत कर्मचारीको आर्थिक बर्ष २०७९र८० को श्रावण १ गतेदेखि लागु हुने गरी सेवा करार म्याद थप नगर्ने निर्णयको मञ्चले घोर भत्र्सना समेत गरेको छ । मञ्चले प्रेस विज्ञप्ती जारी गर्दै सनकको भरमा अदुर्रदर्शी, प्रतिसोधपुर्ण निर्णय गरेको भन्दै यस्ता निर्णयको जति नै भत्र्सना गरेपनि क्षम्य नहुने उल्लेख गरेको छ । नेपालमा संघियता लागु हुनु भन्दा अगाडि देखि नियुक्ती भई विगत ३१ बर्षदेखि अनवरत गण्डकी गाँऊपालिका भित्र सेवा गरिरहेका निर्दोष तथा फरक क्षमता भएका कर्मचारीलाई त्यसरी निकाल्नु अन्यायपूर्ण हुने र निर्णयकर्ता पालिका नेतृत्व साथै पालिका नेतृत्व सम्वद्ध दलका जनप्रतिनिधिको गलत मनशाय झल्कने आशय व्यक्त गरेका छन् ।
श्रमजीवि मजदुर,गरिब तथा निमुखा जनताको ऊत्थान र मुक्तिका लागी विभिन्न काल खण्डमा विभिन्न किसिमका संघर्ष गरी नेतृत्वमा आएको जनमुखी भनिएको स्थानिय सरकारबाट भएको यस्तो विभेदपुर्ण, मापदण्ड विहिन, होलसेल, अपरिपक्क, अन्यायपुर्ण निर्णय न्यायोचित नहुने विज्ञप्तीमा जनाईएको छ।
स्थानिय सरकारको यस्तो गैर जिम्मेवार सत्ता र शक्तीको ऊन्मातले गरिएको अन्यायपुर्ण निर्णय तत्काल खारेज गरि सबै करारमाकार्यरत कर्मचारीहरुको सेवा करार सम्झौतालाई निरन्तरता दिन मञ्चले जोडदार माग गरेको छ।
स्थानिय सरकारको यो निर्णयले पालिका भित्रनै बसोबास गर्ने ७०र७५ जनाको रोजिरोटी खोसिने देखिन्छ।श्रमजीवी मजदुर,गरिब तथानिमुखा जनताको ऊत्थान र मुक्तिका लागी संघर्ष गरि नेतृत्वमा आएका जनमुखी भनिएको स्थानिय सरकारले आफ्ना मागहरु लाईबेवास्ता गरि नजर अन्दाज गरेमा यसबाट हुनसक्ने क्षतिको सम्पुर्ण जिम्मेवारी स्थानिय सरकार लिनु पर्ने चेतावनी समेत मञ्चले दिएकोछ।
गाँऊपालिका ऊपाध्यक्ष ललिता अधिकारी,वडा नम्बर ३ का वडाध्यक्ष सुवास पन्त, वडा नम्बर ४ का वडाध्यक्ष राजु बाबु भण्डारीले भनेसो निर्णय प्रति आफुहरुको असहमती रहेको भन्दै माईन्युटमा नोटअफ डिसिजन लेख्नु भएको प्राप्त हुन आएको छ।
भर्खरै जनताको अपार अभिमत लिगेर आएको पालिका नेतृत्वको निर्णय प्रति सामाजित संञ्जालमा गण्डकी गाँऊपालिकाबासीलेकरारका कर्मचारीहरुको समयावधी थपिने र नथपिने विषय ऊनिहरुको कार्य दक्षता,लगनशिलता,जिम्मेवारीको आधारमा भएकोले यस्ताहोलसेल र प्रतिसोधपुर्ण निर्णय तत्काल सच्याऊन भन्दै विरोध जनाएको पाईन्छ।