News Desk
काठमाडौं ─ ०१ साउन २०७९
काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले सबैभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको एक्यवद्धता हुनुपर्ने बताए । कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा अक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए ।
कार्यक्रममा उनले अब वामपन्थीहरु कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए । उनले यसअघिको कम्युष्टि पार्टीहरुको एकतालाई जोगाउन नसकेकोमा आत्माअलोचना पनि गरे ।
उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए । विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् । ‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’
नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन : यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन् । शनिबार नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवद्र्धन गर्नसक्नु पर्ने बताए । तर, पछिल्लो पन्चशिलको सिद्धान्त विपरित भूराजनीतिक नीति सुरु भएको हो भन्ने आशंक पैदा भएको उनले बताए ।