आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना
News Desk
Jul-17 , 2022 तारिख 11:53 बिहान

काठमाडौं ─ ०१ साउन २०७९

काठमाडौं, आइतबार बिहान प्रदेश १, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

धेरै पढिएको