मकवानपुरगढीले ८० करार कर्मचारीको नवीकरण नगर्ने
News Desk
Jul-17 , 2022 तारिख 02:48 बेलुका

मकवानपुर ─ ०१ साउन २०७९

मकवानपुर, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले यहाँ कार्यरत ८० जना करार कर्मचारीको नियुक्ति नवीकरण नगर्ने भएको छ ।

गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर रहेकाले गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । शुक्रबार अबेर बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाकाले जनाएको छ ।

धेरै पढिएको