गैरआवासीय नेपालीहरुको मुद्दाले सार्थकता पाउदै छ : अधिकारी
News Desk
Jul-19 , 2022 तारिख 11:35 बिहान

काठमाडौं ─ ०३ साउन २०७९

काठमाडौं, गैर आवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले गैर आवासीय नेपालीहरुको मुख्य मुद्दाले सार्थकता पाउन लागेको बताउनु भएको छ । यस कार्यले उपमहासचिव अधिकारीले खुसी ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली संघको लामो समयदेखिको प्रयास र पहलपछि संविधानमा उल्लेख गरिएको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनको चरणमा पुगेकोमा उपमहासचिव अधिकारीले खुसी ब्यक्त गर्नु भएको हो । नागरिकताको विषयलाई संशक्त ढंगले उठाउँदै आउनु भएको अधिकारीले बेलायतमा नागरिकता सम्बन्धी सबैभन्दा ठुलो बहश कार्यक्रम समेत आयोजना गर्नु भएको थियो ।

प्रतिनिधिसभामा सरकारले संशोधनसहित पेश गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव शुक्रबार बहुमतले स्वीकृत भएको थियो । अब आगामी बस्ने अर्को बैठकले नागरिकता विधेयक पारित गर्नेछ । संविधानमा उल्लेख भएको सात वर्ष बितिसक्दा पनि संसदमा वर्षौदेखि अलपत्र नागरिकता विधेयक अगाडि बढेसँगै उत्साहित गैर आवासीय नेपालीहरुले यसलाई पारित गर्न ढिलाई गर्नु नहुनेमा जोड दिइरहेका थिए। गैर आवासीय नेपालीहरुको प्रमुख मुद्दाको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरताका लागि सन् २००३ सालदेखि सयौ बैठक, छलफल, सेमीनारमा अग्रज तथा अभियन्ताहरुले समय बिताएको र त्यसैको प्रतिफल भएको अधिकारीको भनाइ छ ।

साथै गैर आवासीय नेपालीले नागरिकता पाएसँगै विदेशमा रहेका दोस्रो पुस्तालाई फाइदा पुग्ने र नेपालमा पनि लगानीको ढोका खुला हुने अधिकारीले बताउनु भयो । संशोधनसहित पेश गरिएको विधेयक पारित भएमा नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनेछन् । संशोधनसहित पेश गरिएको विधेयक पारित भएमा नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनेछन् । अधिकारीले गैर आवासीय नेपालीहरुको अधिकारलाई सुनीश्चित गर्ने वर्तमान नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद समेत दिनु भयो ।

धेरै पढिएको