एनआरएनए र निर्वाचन आयोगबीच बिदेशमा बस्ने नेपालीहरुको मतदानको सुनिश्चितता, प्रकिया र अनलाईन भोटिङ सिस्टम विषयमा छलफल
News Desk
Jul-20 , 2022 तारिख 10:41 बिहान

काठमाडौँ ─ ०४ साउन २०७९

काठमाडौँ, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए । आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताए । छलपलमा गैरआवसीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैर आवासीय नेपाली संघका प्राविधिक समुह र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौड्याल, रामप्रसाद भट्टराई, डा जानकी कुमारी तुलाधार, सगुन शमशेर जङ्गबहादुर राणा तथा निर्वाचन आयोगका प्राविधिक समुह रहेका थिए । निर्वाचन आयोग कान्तिपथमा मंगलबार बिदेशमा बस्ने नेपालीहरुको मतदानको सुनिश्चितता, प्रकिया र अनलाईन भोटिङ सिस्टम विषयमा छलफल भएको थियो।

छलफलको क्रममा गैरआवासीय नेपाली संघले चुनावको लागि प्रयोजनमा ल्याइरहेको अनलाइन भोटिङ एप्सको बारेमा जानकारी गराइएको थियो। भेटको क्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यज्युले विदेशमा बस्ने नेपालीहरुका लागि मतदान व्यवस्थापन सहयोग गर्नको लागि नेपाली राजदुतावासको सहकार्यमा एनआरएनएको नेटवर्क सधैँ तत्पर रहेको बताए। त्यस्तै अध्यक्ष बद्री केसीले एनआरएनको पंजिकृत सदस्यहरुले एनआरएनए चुनावको लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सकिने बताउ। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जिबा लामिछानेले विश्व सञ्जालमा जोडिएको नेपालीहरुलाई मताधिकार सुनिश्चितता गर्न सहयोग पुर्याउनु हुने निर्वाचन आयोगलाई धन्यवाद दिए। निवर्तमान सल्लाहकार टिबी कार्कीले सम्वन्धित देशको दूतावासबाट अनलाइन भोटिङ गर्न सकिने र त्यसका लागि निश्चित स्थान तोक्नुपर्ने र एनआरएनको पदाधिकारी परिवेक्षकको रूपमा समावेश गर्नुपर्ने बताए ।

गैर आवसीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले निर्वाचन आयोगले अनलाइनबाट दर्ता गर्ने प्रक्रियाको साथै मतदान पनि एनआरएले प्रयोग गरेको जस्तै एप्स प्रयोग गर्न सकिने तर नेपालको संविधान अनुसार ऐन नियमको परिधिमा रही अझै परिस्कृत गर्नसकिने बताए। निर्वाचन आयोगले मतदानमा योग्य ठहर्न मतदाताले औंठाछाप प्रयोग गर्नुपर्ने नियम रहेको र त्यसका लागि औंठाछाप प्रयोग गर्नुपर्ने छुट्टै डिभाइस विकास गर्नुपर्ने र राजदूतावासको सहयोगमा मतदान गर्न सक्ने उनको भनाइ छ। त्यस्तै निर्वाचन आयोगका निर्वाचन प्रमुख आयुक्त माननीय दिनेश थपलियाले संविधानमा लेखिए अनुसार निर्वाचन आयोगले मतदान गराउनको निमित्त सुचना तथा सञ्चारको भरपुर प्रयोग गर्न पाउनुपर्ने नियममा टेकेर निर्वाचन आयोगले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताए। त्यस्तै सर्वोच्च अदालतको परामादेशले विदेशमा बसेका नेपालीहरुले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको र निर्वाचन आयोगले पनि मतदान सुनिश्चिता गर्नको निमित्त निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले विदेशमा रहेका नेपालीहरूको लागि मताधिकारको लागि दफा र उपदफा बनाइएको र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताए।

अनलाइन भोटिङ एप्सको विकासको लागि निर्वाचन आयोगका टेक्निकल टिम र एनआरएनए टेक्निकल टिम बीच सहकार्य गर्न सकिने त्यस्तै निर्वाचन आयोग र गैर आवासीय नेपाली संघ बीच नीतिगत एवं कार्यगत निर्णयको लागि चाँडै नै ःइग् गरिने जानकारी दिए। उक्त विषयमा माननीय निर्वाचन आयोगका प्रमुख आयुक्त माननीय दिनेश थपलियाको विचारप्रति संघका अध्यक्ष कुल आचार्यज्यू बद्री केसीले धन्यवाद दिएका थिए । निर्वाचन सम्बन्धि गैरआवासीय नेपाली संघ र निर्वाचन आयोग बीच हुने एमओयूको ड्राफ्ट यथाशीघ्र तयार पार्ने र चाँडै नै हस्ताक्षर गर्ने बताए । उक्त भेटघाट कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप यूवा संयोजक रमेश काफ्ले, एसिया प्यासिफिक अभियन्ता रञ्जन कुँवरलगायत एनआरएन अभियन्ताहरुको उपस्थिति रहेको थियो भने सचिवालयबाट वरिष्ठ अधिकृत ई महेश श्रेष्ठ र अधिकृत ई रूपक लामिछानेको सहभागिता रहेको थियो ।

धेरै पढिएको