गाउँपालिका बिरुद्ध आन्दोलन गर्ने चेतावनी। “हाम्रो कार्य जायज छ, हामी अडिग रहन्छौ”, पालिका अध्यक्ष
News Desk
Jul-22 , 2022 तारिख 10:41 बिहान

कचनकवल झापा ─ ०६ साउन २०७९

कचनकवल झापा, नेपालको दक्षिणी भेगमा रहेको कचनकवल गाउँ पालिका बिरुद्द राप्रपाले आन्दोलन गर्ने चेतावनी दिएको छ। करारमा रहेका कर्मचारी निष्कासन पश्चात बिरोध सहित ध्यानाकर्षण गराउन अध्यक्ष कालेन्द्र राजवंशी भेट्न गएका निष्कासित करार कर्मचारिहरु सगको बार्ता दौरान, पालिका प्रवक्ता वडा नं ६ वडाध्यक्ष चिन्तामणी खरेलले राप्रपा पार्टिका सबै कर्मचारी निकाल्ने अभिव्यक्ति दिए पश्चात राप्रपाले सो को बिरोध गरेको छ। आज विभिन्न ५ बुदा सम्मिलित ध्यानाकर्षण बुझाउने दौरान राप्रपा कचनकवल अध्यक्ष रबि ओझाले माग सम्बोधन नभए चरणबद्ध खरो संघर्ष गर्ने चेतावनी दिएका छन। ध्यानाकर्षण पत्रमा पार्टिगत नाम मुसेर कर्मचारी निष्कासन गरेको कारण अविलम्ब करार कर्मचारी पुनः फिर्ता बोलाउनु पर्ने, अघिल्लो स्थानिय सरकार राप्रपाको बहुमत हुदा निर्णय गरिएको ग्यास चुल्हो तथा सिलिण्डर वितरण कार्य नरोकी निरन्तरता दिनु पर्ने, बिभिन्न सडक खण्डको मर्मत गर्नु पर्ने, बिरोधाभाष अभिव्यक्ति दिने प्रवक्ता खरेलले आम माफी माग्नु पर्ने साथै उनलाइ कारवाही हुनु पर्ने माग राखिएको छ।

यो बिरोधको लागि मात्र बिरोध हो, हिजो किन केही गरेनन? हामी थप कर्मचारी निकाल्न सक्छौ, पालिका अध्यक्ष कालेन्द्र राजवंशी । ध्यानाकर्षण बुझे पश्चात सो समय कुनै प्रतिक्रिया नदिएका गाउँ पालिका अध्यक्षले हामी सगको अन्तर्क्रीयामा आर्थिक भारको कारण र काम नै नभएको हुनाले करार कर्मचारी निकालिएको बताए। ” खै त जनताको काम गर्न खाचो भएको छैन त! बिना काम घुमेर जनताको करबाट तलब खुवाउन को सो करको सदुपयोग गर्नु?” राजवंशिले थपे। हामिले अझ धेरै कर्मचारिको काम नभएको पाएका छौ, जनताको कामलाइ असर नपर्ने गरि थओ कर्मचारी निकाल्न पनि सक्छौ भन्छन अध्यक्ष ।

बाटो घाटोको सन्धर्भमा कुरा गर्दा राप्रपाले उठाएको कुरा जायज भएता पनि पाठामारी बालुवाडी सडक खण्ड गाउँ पालिकाको कार्यक्षेत्र अन्तर्गत नपरेर सडक डिभिजन कार्यलय दमकको प्रत्यक्ष हस्तक्षेपमा हुने उनले बताए। बिगतमा राप्रपा आफै बहुमतिय सरकारमा हुदा गुणस्तर बिहिन सडक बन्दा किन बोलेन र अहिले बिरोधको लागि मात्र बिरोध गर्दै छ उनले थपे। मेरो क्षेत्राधिकार नभए पनि सो सडक खण्डको साथै चाराली केचना हाइवेको समस्याको बारेमा एक जिम्मेवार अध्यक्ष भएको नाताले सम्भन्धित निकायमा अनुरोध सहित ध्यानाकर्षण गराएको उनले बताए। ग्यास चुल्हो वितरण सम्बन्धिमा सो सस्तो लोकप्रीयताको लागि गरिएक काम भएको र लक्षित गरिब परिवारलाइ नभएर आफ्ना कार्यकर्ता पोस्न राप्रपाले अगाडि बढाएको कार्यक्रम भएकोले सो बजेट स्थानिय सडक हरु मर्मत सम्भारमा हालेको उनले बताए।

राप्रपाले बुझाएको ध्यानाकर्षण पत्र यस्तो छ।

धेरै पढिएको