आज मौद्रिक नीति आउँदै
News Desk
Jul-22 , 2022 तारिख 11:09 बिहान

काठमाडौं ─ ०६ साउन २०७९

काठमाडौं, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ । गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

धेरै पढिएको