News Desk
झापा ─ ०८ साउन २०७९
झापा, कचनकवल गाउँ पालिका वडा नं ५ स्थित सुनकोशी चिया बगानमा रहेको एक बयरको रुखमा झुण्डिएको अवस्थामा तीन किशोरिहरु मृत भेटिएका छन। मृत अवस्थामा कचनकवल ५ निवाशी अन्दाजी १७ बर्षिय, पुवालु गणेशकि छोरी अञ्जलि गणेश, बिरबल गणेशकि १७ बर्षिय छोरी कल्पना गणेशब्र सोही वार्ड बस्ने पञ्चम गणेशकी १६ बर्षिय छोरी करिना गणेश फेला परेका हुन। घटना स्थलबाट करिब ३ किलो मिटरको दुरिमा रहेको पाठामारी निवाशी अञ्जलि गणेश गत शुक्रबार देखि आफ्नी सानि आमाको घर दल्ले गाउँमा पाहुना आएको उनका परिवारले बताए।
बाकी दुई करिना र कल्पना गणेश भने सोही देल्ले गाउँ निवासी हुन। सोही गाउँ बाट करिब ६०० मिटर पुर्व गहिरो खोलाको किनारमा रहेको बयरको रुखको दुई हागामा करिब ३ फिटको परिधिभित्र तीन शव बिहान करिब ७ बजे बगानमा पत्ती टिप्ने कामदारले देखेका हुन। शनिबार दिउँसो करिब १२ बजे देखि घर छोडी हिडेका तिनै किशोरिहरुले करिब २ बजे तिर स्थानिय एक दोकानमा चिप्स र कोक पिएका थिए र चिप्स लिइ उनिहरु हिड्दा पानी परिरहेको थियो। रातभर घर नफर्किए पछि उनिहरुलाइ खोज्न आफन्त निस्किए पनि फेला पार्न सकेका थिएनन।
मृत्यु हुने करिना गणेशको घाटिको डोरि चुडिएको र शलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन , त्यसै गरि कल्पना गणेशको घाटिमा करिब एक फिट लामो खुट्टि ( बासको किला) सहितको डोरि थियो। यसै गरि अञ्जलि को घुडा तलको भाग पानीमा डुबेको अवस्था थियो। प्राम्भिक अनुसन्धानबाट केही बताउन नसकिने भन्दै पोस्टमार्टमको लागि जिल्ला प्रहरी कार्यलय भद्रपुरको रोहवरमा शब भद्रपुर लगिएको छ। घटनाको प्रकृति हेर्दा आत्महत्या नै भनेर भन्न नसकिने र यो दुरुत्साहन पनि हुन सक्ने स्थानिय बताउछन। मृत्यु हुने तिनै किशोरीहरु सोही सुनकोशी चिया बगानमा पत्ती टिप्ने काम गर्दथिए।