१०० जना कामदार नऊडाएका मेनपावर पनि नवीकरण हुने , राजपत्रमा मन्त्रिपरिषद्को निर्णय प्रकाशित
News Desk
Jul-24 , 2022 तारिख 02:56 बेलुका

काठमाडौं ─ ०८ साउन २०७९

काठमाडौं, गत असार मसान्तसम्म १०० जना कामदार नऊडाएका मेनपावरकाे इजाजत नवीकरण गर्ने मन्त्रिपरिषद्काे निर्णय नेपाल सरकारको राजपत्रमा सार्वजनिक गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे प्रस्तावमा मेनपावर नवीकरणसम्बन्धी वैदेशिक रोजगार ऐनको व्यवस्था कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले जारी गरेको दफा ८२ अन्तर्गतकाे आदेश साउन ५ गते बुधबार सार्वजनिक भए पनि नेपाल राजपत्रमा भने उक्त सूचना असार ३१ गतेकै मितिमा प्रकाशित भएको उल्लेख गरिएको छ ।

उक्त सूचना राजपत्रको खण्ड ७२ अतिरिक्ताङ्क १६ मा २०७९असार ३१ गतेकै मितिमा प्रकाशित गरिएको छ । नेपालको कानूनी व्यवस्था अनुसार कुनै कानून वा सूचना राजपत्रमा प्रकाशित भएको मितिदेखि मात्रै कार्यान्वयनमा आउने गरेको छ । राजपत्रमा असार ३१ गते नै सूचना प्रकाशित भएकोले गत असार ३१ गतेसम्म वैदेशिक रोजगार विभागमा नवीकरणका लागि निवेदन दर्ता गरेका मेनपावर कम्पनीहरुले १०००० रुपैयाँमा नै नवीकरण गर्नेछन् ।

धेरै पढिएको