मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी
News Desk
Jul-26 , 2022 तारिख 11:05 बिहान

काठमाडौं ─ १० साउन २०७९

काठमाडौं, प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्याे । पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे । यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।

धेरै पढिएको