News Desk
काठमाडौँ ─ १० साउन २०७९
काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।
कतिपय सांसदहरुले बैठकमा मास्क नलगाएको देखेपछि सभामुखले यो आग्रह गर्नुभएको हो । देशभर अहिले कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। काठमाडौँ उपत्यकामा मात्र ५ सय भन्दा बढी संक्रमित एकै दिनमा देखिएपछि त्यसतर्फ गम्भीर बन्न स्वास्थ्यविदहरुले अनुरोध गरेका छन ।