News Desk
ललितपुर । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले आज संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जिवनराम श्रेष्ठसँग मन्त्रालय कार्यक्षमा भेटघाट गरेको छ । भेटका अवसरमा ललितपुर चेम्बरको तर्फबाट अध्यक्ष शाक्यले ललितपुरको पर्यटन विस्तार गरि आर्थिक स्थिती दरिलो बनाउन विभिन्न कार्यक्रम समेटिएको प्रस्ताव सहितको ज्ञापनपत्र पेश गर्नुभयो।
प्रतिनिधिमण्डलमा ललितपुर चेम्बरका कोषाध्यक्ष नरेन्द्र शाक्य, सहकोषाध्यक्ष प्रेम महर्जन, कार्यसमिति सदस्य श्याम तण्डुकार सहभागी हुनुहुन्थ्यो । ललितपुर चेम्बरबाट प्रस्तुत प्रस्तावमा ललितपुरको कला, संस्कृति, सम्पदाको संरक्षण र विकास साथै ललितपुर अन्तराष्ट्रिय एक्स्पो २०२२ आयोजना गर्ने लगायतका बिषय समेटिएको अध्यक्ष शाक्यले बताउनुभयो ।
सो अवसरमा मन्त्री श्रेष्ठले ललितपुर चेम्बरले गर्दै आएको कार्यको प्रशंसा गर्नुहुँदै ज्ञापनपत्रमा प्रस्तुत गरिएका प्रस्ताव एवम् कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्धता समेत जनाउनुभयो ।