कप्तान सन्दीपले वेस्ट इन्डिजमा द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने
News Desk
Jul-29 , 2022 तारिख 11:00 बिहान

काठमाडौं ─ १३ साउन २०७९

काठमाडौं, नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो ।

प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे छ । सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो ।

धेरै पढिएको