शाकाहारी महिना श्रावनको पहीचान
News Desk
Jul-31 तारिख 08:24 बिहान


हजुर हरुलाई थाहा छ एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुनै मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ ।

जब हामीले प्रकृतिलाई फलो गर्छाैं, शाकाहारी खान्छौँ, तब हाम्रो स्वास्थ्य राम्रो पोजिसनमा रहन्छ । संसारमा सबैभन्दा शक्तिशाली जनावरको रूपमा हात्ती र घोडा लाई लिने गरिन्छ । दुवै पुर्ण रूपमा शाकाहारी हुन् । के शक्तिशाली हुन मांशाहारी नै हुनु पर्छ त ? या बुद्धिमान हुन माछामासु खाने गर्नुभएको छ भने लियो टलोस्टय ,जर्ज ब्रनाड शा, स्टिभ जब्स ,अलबर्ट आइनस्टैन,बिल क्लिन्टन ,कार्ल ल्विश ,रस्सेलब्रान्ड ,माइक टैसन यी संसार का सक्तिशाली व्यक्ति हरु जो साकाहारी थए !


मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ त्येओ गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् ।
प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दाल तपाइको किचेन मा अटुट नै हुन्छ होला भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण टुसा उम्रेको गेडागुडी का त के कुरा
प्रोटिनको राम्रो स्रोत हो बदाम, काजू, र ओखर पनि । भटमास का त के कुरा गर्ने जो भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत हो ।


सन्तुलित आहार को लागि खानालाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ। पहिलो समूहमा मकै, गहुँ, चामल, जौ, जुनेलो, फापर र कोदो जस्ता अन्नहरू तथा आलु, तरुल, पिंडालुजस्ता जमिनमुनि फल्ने कन्दमूल हरु जसमा कार्बोहाइड्रेट प्रचुर मात्र मा हुन्छ । दोस्रो समूहमा सिमी, भटमास, मुसुरदाल, सानो केराउ र ठूलो सिमीजस्ता गेडागुडी तथा दूध जो प्रोटिन, फलाम, जिन्क अनि विभिन्न भिटामिनका स्रोतहरु हुन्छन । तेस्रो समूहमा फलफूल अनि सागपात र तरकारी हरू पर्छन्। हरेक पटक खाना खाँदा प्रत्येक समूहबाट एक परिकार भए पनि समावेश गर्नुहोस् र सकेसम्म ती समूहहरूमा पर्ने फरक-फरक खानाहरू चलाउनुका साथै पकाउने विधिमा पनि भिन्नता ल्याउने कोसिस गर्नुहोस्।जस्तै हरियो साग या तरकारी पाकाउदा पूर्ण रुप मा गलाउनु हुदैन ! बिहान चामल लिनु भएको छभने साँझ गहु फपर या कोदो लिनुहोस् ! केहि न केहि चेन्ज हुनु पर्छ ! सन्तुलित भोजनले मानिसहरूलाई धेरै रोगहरूबाट बचाउन सक्छ।

ऋषि यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ ।


बिश्वमा अचाक्ली खानाको कारण झन्डै ८० करोड मानिसहरूको ज्यान खतरामा छ । असन्तुलित आहारले मोटोपन, आथरोस्कलेरोसिस, उच्च रक्तचाप, मधुमेह, सिरोसिस र अन्य विभिन्न प्रकारका क्यान्सर जस्ता दीर्घकालीन रोगहरू लाग्न सक्छ। मिठो छ भनि धेरै पनि नखानुहोस !

यस्सो श्रावन १५ को दिन खिरका  नी कुरा गलौज न ।
***असार १५ दही-चिउरा खानू  , साउनको १५ खीर
क्वाँटी पुर्नेमा क्वाँटी खानु माघी म खानु तिल ****

सायद नेपाल नै यस्तो देश होला जांह खानै खाना का पर्व हरु छन् !
सबै को घर मा  खिर पाकोस तर म भन्छु खिर मात्र होइन ढकनी नि पाकोस ! किन कि खिर को नेपाली मौलिक शब्द हो ढकनी !
रैथाने खाना को पहिचान तपाइको मौलिक  शब्द बाट नै हुन्छ ! जब सम्म तपाई आफ्नो शब्द लाई पछ्याउनु हुन्न तब सम्म तपाई को पहिचान हुदैन !जब सम्म समोसा पनि नेपाली खाना मा पर्छ तर त्यसको मौलिक स्वरुप सिङ्गडा हो ! जो सुद्द बेसार नुन र खुर्सानी को मिश्रण बाट बन्दछ ! संसार को जुनसुकै खानालाई  त्यहांको रैथाने शब्द ले चिनारी दिएको हुन्छ !

सुरु गरौ ढकनी (खिर ) 
जसलाई २-३ दिन सम्म बिना फ्रीज २०-२२ डिग्री सम्म प्रिजर्ब गर्न सक्नुहुन्छ !बटुवा भै घुम्न जाँदा खाजा को रुप मा झोला मा कोच्न सक्नु हुन्छ !
असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार ढकनी  (खीर)  भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा ढकनी (खिर )एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय छ  । असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउनमा खीर खाने चलन रहेको छ ।

आऊनुहोस ढकनी बनाउने तरीका पनि जानी राखौं ।

पाहुना ४-५ जना लाई पुग्ने ।
समय १  घण्टा 

आवश्यक पर्ने सामग्री :-

दूध ४ लिटर 
,शुद्ध घिउ २०० ग्राम , 
अनदी या टाइचन को चामल ५०० ग्राम ,अन्य चांवल पनि प्रयोग गर्न सक्नु हून्छ ।

  चिनी या मिश्री ३००ग्रम 
मरिच को खस्रो पिसेको १ सानो चम्चा 
जैफल १ सानो दाना मसिनो पिस्ने 
काजु किसमिस बदम नरिवल  १०० ग्राम ( नभए पनि हुने )

बनाउने बिधि :-

कसौडि या देक्चीमा घिउ राखी चामल हल्का खैरो हुने गरि भुट्ने 
र दुध राखी हल्का आँच मा ४५ मिन जति पकाउने !
पाकी सकेपछि बाँकि समान राखी चलाउने केहि समय छोपी राख्ने (सालको पात या चिउरीको पात को टपरी ले १५  २० मिनट छोपी राख्ने हो भने स्वाद मा फरक पर्दछ ) 

 ढकनी तयार भयो !

आलू , तामा या निउरो   को अचार  संग  मजा  लिनुहोस्  साउन  १५  मनाउनुहोस  !

“धेरै खाए मल, कम खाए बल ”
“साकाहारी हौ, हात्ती झैँ बलवान हौ ”
“बच्न लाई खाऊ, खान लाई नबाचौ”

भान्से लक्ष्मन प्रसाद भण्डारी ।

प्रस्तोता 
आली देखी थाली सम्म