कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण
News Desk
Jul-31 , 2022 तारिख 11:07 बिहान

काठमाडौं ─ १५ साउन २०७९

काठमाडौं, नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

धेरै पढिएको