खोटाङको हलेसी आसपास केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा धक्का महसुस
News Desk
Jul-31 , 2022 तारिख 11:33 बिहान

काठमाडौं ─ १५ साउन २०७९

काठमाडौं, उपत्यकामा भूकम्को धक्का महसुस गरिएको छ । बिहान ८ः१६ बजेको समयमा काठमाडौँका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

धेरै पढिएको