‘पेशागत मर्यादा राख्न नसक्नेहरु पत्रकार हुनै सक्दैनन्’ : सरोज ओझा, महासचिव -एभरेष्ट प्रेस क्लब
News Desk
Aug-01 , 2022 तारिख 07:10 बिहान

 

काठमाडौं   । एभरेष्ट प्रेस क्लबका महासचिव सरोज ओझाले पेशागत मर्यादा राख्न नसक्नेहरु पत्रकार हुनै नसक्ने बताउनुभएको छ। निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।  ‘वास्तवमा पत्रकारिता  जगतलाई मुलुकको चौथो अंग त्यसै भनिएको होइन, पत्रकारको पेशा अपनाउदै गर्दा उच्च नैतिक आदर्श प्रस्तुत गर्ने काम संचारकर्मीले गर्नुपर्दछ, त्यसैले पेशागत मर्यादा राख्न नसक्नेहरु पत्रकार हुनै सक्दैनन् ’ उहाँले भन्नुभयो । त्यसो त सो अवसरमा ओझा राष्ट्रिय संचार उद्यमी सम्मान २०७९  बाट समेत सम्मानित हुने भएको थियो उहाँलाई  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । ‘विगत १५ बर्ष देखी नेपाल टेलिभिजनमा आबद्ध भई बाल कार्यक्रम, रियालिटी शो, कमेडी शो, प्रवासी नेपाली सम्बद्ध कार्यक्रम, व्यापार विशेष कार्यक्रम, सचेतनामुलक कार्यक्रम, परिवार र शान्ति संबन्धी कार्यक्रम जस्ता विविधतायुक्त कार्यक्रम र वृत्तचित्र उत्पादनमा सकृय रहि कार्यक्रम प्रस्तोता, लेखक, निर्देशकको भुमिका र कर्पोरेट  पत्रिका साथै अनलाईन र राज्य दैनिकको कार्यकारी सम्पादक रहेर यहाँले  पत्रकारिता क्षेत्रमा पुर्याउदै आउनु भएको  योगदानको कदर गर्दै यस निगरानी मिडिया प्रा लि आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर यहाँलाई सम्मान गर्दछ’ उहाँलाई प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।  


निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा जनसवाल राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक रामजी बगाले, अग्निवाण साप्ताहिक तथा सगरमाथा पोष्ट डटकमका अध्यक्ष एवम सम्पादक रविन प्रसाद थपलिया , नेपाल जागरण मिडियाका अध्यक्ष रंजित धमला र न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्ट ढकाललाई पत्रकारिता उद्यमशिलता पुरस्कारबाट सम्मानित गरियो भने पत्रकारिता तर्फ राजधानी राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डेलाई आर्थिक पत्रकारिता पुरस्कार र न्युज नेपाल एचडिका संचालक तथा क्यामरापर्सन प्रताप भट्टलाई फोटोपत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरि, अन्य पेशाकर्मी तर्फ फेसियल हाउसकी संचालक सुस्मा महरा राष्टिय महिला उद्यमी सम्मान , सरकारी सेवामा सेवारत नेपाल सरकारका अधिकृत प्रदिप न्यौपाने राष्ट्र सेवा सम्मान, सेफ लक्ष्मण प्रसाद भण्डारी हस्पिटालिटी सम्मान, विण्डो नेपाल एजुकेशन सेण्टरका संचालक तथा प्रबन्ध निर्देशक नारायण रेग्मी शिक्षा सेवा सम्मान, बाल गृह संचालक तिल बहादुर कार्की अपागंता सेवा सम्मान, सुनेरा ईन्टरनेशनलका संचालक, सन्तोष कोईराला वैदेशिक रोजगारदाता सम्मान, नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्ट्रिय  युवा उद्यमी सम्मान, भुवन बुढा मगर राष्ट्रिय खेलाडी सम्मान र अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरु समेत सम्मानित हुनु भएको थियो  ।

सो अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतहरु पस्किनु भएको थियो  ।कार्यक्रममा टानका अध्यक्ष खुम बहादुर सुवेदी, अन्तराष्ट्रिय  युवा उद्यमी महासंघका मध्य पूर्व अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य पुर्ण पोखरिया, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट लगायतको उपस्थिती रहेको थियो ।

धेरै पढिएको