अध्यक्ष एवं कार्यकारी सम्पादकओझा संचार उद्यम सम्मान २०७९ बाट सम्मानित
News Desk
Aug-01 , 2022 तारिख 07:49 बिहान

 

काठमाडौं   ।बहुआयामिक संचारकर्मी  सरोज ओझा राष्ट्रिय संचार उद्यमी सम्मान २०७९  बाट सम्मानित हुनुभएको छ। अध्यक्ष ओझालाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । त्यसो त सो अवसरमा ओझा राष्ट्रिय संचार उद्यमी सम्मान २०७९  बाट समेत सम्मानित हुने भएको थियो उहाँलाई  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । ‘विगत १५ बर्ष देखी नेपाल टेलिभिजनमा आबद्ध भई बाल कार्यक्रम, रियालिटी शो, कमेडी शो, प्रवासी नेपाली सम्बद्ध कार्यक्रम, व्यापार विशेष कार्यक्रम, सचेतनामुलक कार्यक्रम, परिवार र शान्ति संबन्धी कार्यक्रम जस्ता विविधतायुक्त कार्यक्रम र वृत्तचित्र उत्पादनमा सकृय रहि कार्यक्रम प्रस्तोता, लेखक, निर्देशकको भुमिका र कर्पोरेट  पत्रिका साथै अनलाईन र राज्य दैनिकको कार्यकारी सम्पादक रहेर यहाँले  पत्रकारिता क्षेत्रमा पुर्याउदै आउनु भएको  योगदानको कदर गर्दै यस निगरानी मिडिया प्रा लि आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर यहाँलाई सम्मान गर्दछ’ उहाँलाई प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।  

एभरेष्ट प्रेस क्लबका महासचिव समेत रहनुभएका ओझाले कार्यक्रमलाई संबोधन गर्नुहुँदै पेशागत मर्यादा राख्न नसक्नेहरु पत्रकार हुनै नसक्ने बताउनुभयो ।  ‘वास्तवमा पत्रकारिता  जगतलाई मुलुकको चौथो अंग त्यसै भनिएको होइन, पत्रकारको पेशा अपनाउदै गर्दा उच्च नैतिक आदर्श प्रस्तुत गर्ने काम संचारकर्मीले गर्नुपर्दछ, त्यसैले पेशागत मर्यादा राख्न नसक्नेहरु पत्रकार हुनै सक्दैनन् ’ उहाँले भन्नुभयो ।


निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा जनसवाल राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक रामजी बगाले, अग्निवाण साप्ताहिक तथा सगरमाथा पोष्ट डटकमका अध्यक्ष एवम सम्पादक रविन प्रसाद थपलिया , नेपाल जागरण मिडियाका अध्यक्ष रंजित धमला र न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्ट ढकाललाई पत्रकारिता उद्यमशिलता पुरस्कारबाट सम्मानित गरियो भने पत्रकारिता तर्फ राजधानी राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डेलाई आर्थिक पत्रकारिता पुरस्कार र न्युज नेपाल एचडिका संचालक तथा क्यामरापर्सन प्रताप भट्टलाई फोटोपत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरि, अन्य पेशाकर्मी तर्फ फेसियल हाउसकी संचालक सुस्मा महरा राष्टिय महिला उद्यमी सम्मान , सरकारी सेवामा सेवारत नेपाल सरकारका अधिकृत प्रदिप न्यौपाने राष्ट्र सेवा सम्मान, सेफ लक्ष्मण प्रसाद भण्डारी हस्पिटालिटी सम्मान, विण्डो नेपाल एजुकेशन सेण्टरका संचालक तथा प्रबन्ध निर्देशक नारायण रेग्मी शिक्षा सेवा सम्मान, बाल गृह संचालक तिल बहादुर कार्की अपागंता सेवा सम्मान, सुनेरा ईन्टरनेशनलका संचालक, सन्तोष कोईराला वैदेशिक रोजगारदाता सम्मान, नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्ट्रिय  युवा उद्यमी सम्मान, भुवन बुढा मगर राष्ट्रिय खेलाडी सम्मान र अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरु समेत सम्मानित हुनु भएको थियो  ।

सो अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतहरु पस्किनु भएको थियो  ।कार्यक्रममा टानका अध्यक्ष खुम बहादुर सुवेदी, अन्तराष्ट्रिय  युवा उद्यमी महासंघका मध्य पूर्व अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य पुर्ण पोखरिया, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट लगायतको उपस्थिती रहेको थियो ।


सरोज ओझा-व्यक्ति एक, व्यक्तित्व अनेक


सरोज ओझा बहुआयामिक व्यक्तित्व हुनुहुन्छ  ।  तनहुँको ब्यास ५ साँगेमा जन्मनुभएका भएका ओझाको बाल्यकाल दमौली (चापाघाट)मा बितेको थियो ।  उहाँले २ कक्षा बाहेक नर्सरी देखी १० कक्षासम्म शान्ती बर्ष अंग्रेजी माध्यमिक विद्यालयमा पढनु भएको हो । २ कक्षाको अध्ययन भने उहाँले देशको राजधानी काठमाडौंमा गर्नुभयो । उहाँ सोल्टीमोड  स्थित होलि ल्याण्ड इन्टरनेशनलमा पढनु हुन्थ्यो ।  १० जोड दुई दमौली कलेजबाट अध्ययन पुरा गर्नु भएका उहाँले केही समय आदी कवि भानुभक्त बहुमुखी क्याम्पसमा समेत अध्ययन गर्नु भएको थियो । उहाँको हालको स्थायी बसोबास भने ललितपुरमा रहेको छ । 

उहाँ विगत डेढ दशक देखी नेपाल टेलिभिजनसँगको  सहकार्यमा अनवरत रुपमा टेलिभिजन  कार्यक्रम उत्पादनसँग जोदिदै आउनु भएको छ । ओझा कार्यक्रम सचेतनाका प्रस्तोता, सम्पादक तथा निर्देशक हुनुहुन्छ । ओझाले हालसम्म सचेतना बाहेक पनि बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलिश्रिँखला कुरा मात्रै भो निर्माण एवम् प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिष्ठ  योगदान पुर्याउनुभएको छ। ओझा एक सफल डकुमेन्ट्री मेकर समेत हुनुहुन्छ । हालसम्म उहाँले हेल्थ रिटेन्सन, विश्व स्वास्थ्य संगठन -२०२१, गद्धी बैठक पुनर्निमाण , यु एस एम्बेसडर फण्ड -२०७५ , लुम्बिनी आईबडिएि-०७४, अन्नपूर्ण ओडिसी, नेपाल पर्यटन बोर्ड-२०७१, किर्तीपुरको पर्यटकिय सम्भावना, कर्तिीपुर नगरपालिका -२०७३, सहुलियत दरको सुपथ मुल्य पसल, साल्ट ट्रेडिङ -२०६८ देखी, हरियो झन्डा अभियान  लतिपुर मनपा-२०७४, नेपालमा सुख्खा एनआईटिडिबी, नेपाल सरकार-२०६७ , दशौ सार्क व्यापार मेला, टिईपिसि, नेपाल सरकार-२०६८, बाल मैत्री स्थानयि शासन, सिसीडब्लुबी , नेपाल सरकार-२०६९, सबैका लागी पानी , फण्ड बोर्ड, नेपाल सरकार-२०७० लगायतका वृत्तचित्र निर्माण लगायत स्क्रिप्ट  लेखन तथा निर्देशन सम्बन्धी काम गर्नुभएको छ । उहाँ एक कुशल जीवनी लेखक साथै शोधकर्ता पनि हुनुहुन्छ । हाल पनि उहाँ ’बुढीगण्डकी सभ्यता र सेरोफेरो’ बिषयमा शोधमुलक अध्ययन, अनुसन्धान गर्नमा तल्लिन रहदै आउनुभएको छ ।  

साथै, उहाँले विभिन्न  कम्पनी तथा संस्थाहरुको प्रेस सल्लाहकार तथा संचार विज्ञको हैसियतले कार्य गर्दै आउनु भएको पनि छ ।  

त्यस्तै, उहाँले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई  नेपाल स्थित  १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो। ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक ओझा राज्य मिडिया नेटवर्कका अध्यक्ष साथै अनलाइन संस्करण राज्यदैनिक डटकमका अध्यक्ष एवम्  कार्यकारी सम्पादक समेत हुनुहुन्छ ।  त्यसो त ओझाले ललितपुर  महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन, कर्पोरेट खबर पत्रिका एवम् सोको अनलाइन संस्करण  र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक भएर समेत कार्य गर्नुभएको छ । नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव समेत रहनु भएका उहाँ अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एशोसयिट प्रदेश कमिटि कार्यसमितिमा निर्वाचित  हुनुभएको थियो ।  ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहनु भएका उहाँको व्यक्तित्व बहुआयामकि छ ।  नेपाली र अंग्रेजी दुवै भाषा माथि राम्रो पकड राख्नु हुने उहाँले नेपाली, अंग्रेजी अनुवादकको रुपमा समेत कार्य गर्दै आउनु भएको छ । बजेट, मौद्रिक नीति तथा सार्वजनिक वित्त जस्ता प्राविधिक बिषयका शोधमुलक सन्दर्भ सामाग्रीहरुका ठेली समेत  उहाँले अनुवाद गर्नु भएको छ । उहाँले  वित्त, वाणिज्य, सामाजिक, राजनीतिक, कुटनीतिक, प्रशासनिक, पर्यटन, कृषि, स्वास्थ्य, बालबालिका लगायतका जुनसुकै क्षेत्रको बिषयमा  गहिराईमा  पुगेर लेख्न सक्ने ल्याकत राख्नुहुन्छ । उहाँ मास्टर्स् इन मिडिया टेक्नोलोजी, स्नाकोत्तर तहका शोधार्थी समेत हुनुहुन्छ । साहित्यतर्फ उहाँको  अगाध रुची  रहदै आएको पाउन सकिन्छ । ओझाले नेपाली र अंग्रेजी दुवै भाषामा कविता कोर्दै आउनुभएको पाईन्छ ।  

त्यसो त १५ बर्ष देखी नेपाल टेलिभिजनमा अनवरत रुपमा कार्यक्रम उत्पादनतर्फ जोडिदै आउनु भएका उहाँलाई लामो समयसम्मको सहकार्य सम्बन्धको कदर गर्दै नेपाल टेलिभिजनले २०७८ सालको सम्मान समर्पण गरेको थियो । २०२१ मा ओझालाई थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिसकिपर्स  फेडरल काउन्सिलले युएनपिकेएफसी हुमानेटेरियन अवार्डबाट विभुषित  गरेको थियो । उहाँले सन् २०१९ मा इजिप्टको अलेक्जेन्ड्रीयामा एमएसएन एक्सिलेन्स अवार्ड प्राप्त गर्नु भएको थियो । ओझाले अधिराज्य मिडियाद्वारा  आयोजित विराट फिल्म अवार्ड लगायतका थुप्रै प्रतियोगीतात्मक शोहरुमा निर्णायकको भूमिका समेत निर्वाह गर्नुभएको छ ।

धेरै पढिएको