News Desk
काठमाडौ। विगत लामो समयदेखि नेपाली कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध ग्लोबल नेपलिज सेफ फेडेरेशन अध्यक्ष भान्से लक्ष्मण प्रसाद भंडारी राष्ट्रिय हस्पिटालिटी सेवा सम्मान–२०७९ द्वारा विभुषित भएका छन् ।
आइतबार निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा भंडारीलाई सम्मान गर्नुभएको हो ।

सम्मानित भंडारी नेपाली सन्तुलित आहारको विषयमा अनवरत रुपमा कलम चलाउँदै आउनु भएका छ।हस्पिटालिटी क्षेत्रको प्रोफेस्नल तपाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान, प्रचार प्रसारलाई विश्व बजार सामु चिनाउन पु¥याउनुका साथै दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन।

बिशेश गरि अहिले “आलीदेखि थालीसम्म” नारा बनाएर नेपाली किसानका कृषि उपजबाट बन्ने नेपाली खानाका परिकारलाई साना मझौलादेखि तारे होटेलसम्म प्रवद्र्धन गरेर स्वदेशी र विदेशी पर्यटक तथा ग्राहकलाई पस्कने अभियान लगाएत थुप्रै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन्।
सम्मानित भएपछि भंडारीले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा मिडियाको प्रबन्ध निर्देशक जीवन शर्मा लाई धन्यबाद दिदै हस्पिलिटी क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।