निगरानी दैनिकको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरु सम्मानित
News Desk
Aug-01 , 2022 तारिख 12:30 बेलुका

निगरानी दैनिक मिडियाको आफनो प्रथम वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ ।आइतबार नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक विचार गोष्ठि तथा पुरस्कार एवं सम्मान प्रदान कार्यक्रम आयोजना गरि संचारकर्मी साथै अन्य  विशिष्ठ क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरुलाई सम्मान  गर्दै प्रथम वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, विशष्ठ अतिथीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय अध्यक्ष कुल आर्चाय, गोकर्णेश्वर नगरपालिका पूर्व उपमेयर शान्ती नेपाल, टानका अध्यक्ष  खुम बहादुर सुवेदी, ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महरा, कृषि विज्ञ शिव अधिकारी लगायत विशष्ठ व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

निगरानी दैनिकलाई शुभकामना व्यक्त गदै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड नेपाल भित्रिरहेको सन्दर्भ उल्लेख गदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारको विकल्प नभएको उल्लेख गरे ।

साथै मन्त्री कुँवरले विदेशमा कार्यरत धेरै नेपाली युवाहरु निकै नै समस्यामा रहेको घटनाहरुबाट पाठ सिक्दै सामाजिक सुरक्षा कोषको अवधारणा र नीतिगत सुधारका कामहरु सरकारी स्तरबाट भएको बताए स्वदेश भित्र नयाँ रोजगारीको क्षेत्र पहिचान गरि युवाहरुलाई स्वदेश भित्र नै श्रम पोख्ने वातावरण सिर्जनाका लागि प्रयास हुँदै आईरहेको समेत उल्लेख गरे ।

त्यसैगरि, विशिष्ट अतिथिको आसनबाट बोल्दै गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधयेक राष्ट्रको हितमा भएको उल्लेख गदै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको प्रतिकृया दिए । साथै उनले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने उल्लेख गरे ।

त्यसैगरि, विशेष अतिथिको आसनबाट बोल्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गदै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरे ।

त्यसैगरि, विशेष अतिथिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गर्नु हुँदै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा निगरानी दैनिककी प्रबन्ध निर्देशक निर्मला दंगाल खनालले सभापतिको आसनबाट बोल्नुहुँदै मिडियाले स्वच्छ, निर्भिक  र निष्पक्ष तबरले पत्रकारिता गर्न गर्दै आएको र सोही भावना अनुरुप कार्य गर्दै जाने प्रण गर्नुभयो ।  

कार्यक्रममा संचारकर्मीहरुको तर्फबाट बोल्नुहुँदै ग्लोरी मिडियाका हध्यक्ष सरोज ओझाले संचार क्षेलाई व्यवस्थित र मर्यादित बनाउदै अघि नबढ्दासम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनु भयो । 

त्यसैगरि ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले संस्कार र संस्कृतीको जगेर्ना गर्न नेपालीहरु चुकिरहेको महशुश गरेको बताउदै देशको चौथो अंगले यस विषयलाई गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भयो । 

त्यसैगरि, निगरानी मिडियाका अध्यक्ष  जीवन खनालले मिडियालाई माया गरि छोटो समयमा सफलतापूर्वक कार्यक्रम गर्न सक्ने अवस्थासम्म ल्याई पुर्याउन सघाउनु हुने सबैमा आभार व्यक्त गर्नुहुँदै कार्यक्रममा उपस्थिती तथा सम्मानित हुनुहुने सबैमा धन्यवाद तथा बधाई  ज्ञापन गर्नुभएको थियो ।  

निगरानी दैनिकले विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुलाई सम्मानित गरेको छ ।

  • शिक्षासेवी सम्मा

शिक्षा क्षेत्रमा योगदान दिनु भएका जया मल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेल, आकाशदिप कलेजका प्रिन्सीपल मदन सुवेदी तथा भेनेश नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम र खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि.का अध्यक्ष राघव दुवाडीलाई  शिक्षासेवी सम्मान २०७९ बाट सम्मान गरिएको छ ।

  • परोपकारी सेवा सम्मान २०७९

सामाजिक सेवामा योगदान दिनुभएका खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष धन जुजु श्रेष्ठ, संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्की, नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाल र समाजसेवी पुष्पा अधिकारीलाई परोपकारी सेवा सम्मान २०७९ बाट सम्मान गरिएको छ ।

  • पत्रकारिता सम्मान २०७९

पत्रकारिता क्षेत्रमा योगदान पर्‍याउनुभएका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले, सञ्चार  राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डे, नेपाल जागरण मिडिया प्रा.लि.का अध्यक्ष रञ्जित धमला, ग्लोरी मिडिया प्रा. लि.का अध्यक्ष सरोज ओझा, शिवपुरी मिडिया प्रा. लि. का अध्यक्ष रबिन प्रसा थपलिया, अधिराज्य मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष प्रताप भट्ट र न्यूजलाईन्स मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक रिता भट्ट ढकाल पत्रकारिता सेवा –२०७९बाट सम्मान गरिएको छ । 

  • उद्यमी सेवा सम्मान २०७९

उद्यमीक्षेत्रमा योगदान दिनुभएका वरिष्ठ पर्यटन उद्यमी केदार बहादुर थापा साथै  वरिष्ठ सौन्दर्यविद तथा फेसल हाउसकी प्रबन्ध निर्देशक  सुषमा महरा, नेपाली ब्यापारी संघ कतारका महासचिव  रमेश भट्ट,एक्टिभ विल्डर्सकाट प्रबन्ध निर्देशक ई. सन्तोष भट्टराई, युनिक प्रिन्ट हाउस प्रा.लि.का प्रबन्ध निर्देशक शिवलोचन पराजुलीसुनेरा नेपाल इनकर्पोरेटेड प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कोइराला उद्यमी, बिण्डो नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चालन नारायण रेग्मी, बिण्डो नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चालन नारायण रेग्मीलाई उद्यमी सेवा सम्मान गरिएको छ । 

  • हस्पिटालिटी सेवा सम्मान२०७९

हस्पिटालिटी क्षेत्रमा योगदान दिनुभएका ग्लोबल नेपलिज सेफ फेडेरेशना अध्यक्ष भान्से लक्ष्मण प्रसाद भण्डारी, होटल द्वारिकाका फ्यूजन बार म्यानेजर रामकृष्ण पुडासैनी, युवा बेकरी एण्ड पेस्ट्री एक्जेक्यूटिभ सेफ उमेश तामाङ  हस्पिटालिटी सेवा सम्मान -२०७९ बाट सम्मान गरिएको छ ।

  • बाल प्रतिभा सम्मान २०७९

बालकलाकार श्री परिस्ना बास्तोलालाई बाल प्रतिभा सम्मान २०७९ सम्मान गरिएको छ ।

  • राष्ट्रिय सेवा सम्मान२०७९

हाप्किडो खेलाडी भुवन बुढा मगरज्यूलाई राष्ट्रिय खेलाडी, राष्ट्रसेवक कर्मचारी  प्रदिप न्यौपाने र केशव रिमाललाई –२०७९ बाट सम्मान गरिएको छ। 

धेरै पढिएको