विण्डो नेपालका प्रबन्ध निर्देशक रेग्मी शिक्षा सेवा सम्मानबाट विभुषित
News Desk
Aug-01 , 2022 तारिख 01:18 बेलुका


काठमाडौं । बिण्डो नेपाल एजुकेशन कन्सलटेन्सीका संचालक तथा प्रबन्ध निर्देशक नारायण रेग्मी शिक्षा सेवा सम्मानबाट विभुषित हुनुभएको छ ।प्रबन्ध निर्देशक रेग्मीलाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । सम्मानित भएसँगै उहाँले खुसी व्यक्त गर्नुहुँदै थप जिम्मेवारी बोध भएको प्रतिकृया दिनुभयो । 

रेग्मीको संक्षिप्त परिचय 
नारायण रेग्मी  बिण्डो नेपाल एजुकेशन कन्सलटेन्सी संचालक हुनुहुन्छ । देशको राजधानी काठमाण्डौं स्थित बागबजारमा विगत एक दशक देखी उहाँले बिण्डो नेपाल  संचालनगर्दै आउनुभएको छ ।  नारायण रेग्मीले शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशील रहि  शैक्षिक विकासका निम्ति पुर्याउनु भएको योगदान उच्च रहेको छ ।
त्यसो त रेग्मी काठमाडौं सिद्धार्थ गौतम बुद्ध क्लबका प्रेसिडेण्ट समेत हुनुहुन्छ । उहाँ गीतकार समेत हुनुहुन्छ ।  गीतकार रेग्मीको शब्द रचना रहेको तीज गीत ‘आइफोन हरायो’ हालसालै मात्र सार्वजनिक भएको छ ।सफल युवा उद्यमी रेग्मी साहित्य साधनामा समेत तल्लिन रहदै आउनुभएको छ । उहाँको साहित्यिक नाउँ शुन्य मानव रहेको छ । गीत र कविता कोर्नमा उहाँको बिशेष रुची रहेको छ ।
 

धेरै पढिएको