नेपाल एओटिएस एल्मुनी सोसाईटिको अध्यक्षमा प्रशान्तलाल श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित, १५ सदस्यिय कार्यसमिति चयन
News Desk
Aug-01 , 2022 तारिख 02:40 बेलुका

 

काठमाडौं ।  प्रशान्त लाल श्रेष्ठ दोस्रो कार्यकालका लागि नेपाल एओटिएस एल्मुनी सोसाईटिको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  शुक्रबार सम्पन्न साधारण सभा माझ सम्पन्न निर्वाचनले पुनस् उहाँको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । कार्य समिति अन्तर्गत प्रथम उपाध्यक्षमा किशोरभक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा प्रज्जवल श्रेष्ठ, महासचिवमा नारायण बहादुर थापा, सहसचिवमा शिवकुमार श्रेष्ठ, कोषाध्यक्षमा शिव भुषण लाल, आन्तरिक लेखा परिक्षकमा अजु गिरी र कार्यकारीणी  सदस्यहरुमा शान्ता बाँस्कोटा  कोईराला, निस्मा बज्राचार्य, मुकुन्द प्रसाद जोशी, महेश स्वाँँर, नविन प्रकाश अधिकारी, राजकुमार गुप्ता, मनिष कुमार अग्रवाल र राजेन्द्र चापागाई निर्वाचित हुनु भएको छ। 

नेपाल एओटिएस एल्मुनी सोसाईटि जापान सरकार अन्तर्गतको जापान एओटिएस एल्मुनी सोसाईटिसँगको समन्वयमा नेपालमा  स्थापित संस्था हो । जापानबाट विभिन्न खालका तालिम प्राप्त नेपालीहरु यस संस्थामा आबद्ध हुनुहुन्छ ।  नेपाल एओटिएस एल्मुनाई सोसाईटि जस्तै जापान सरकारसँग सम्बन्ध सहकार्य रहेका विश्वभरमा ४४ वटा देशमा ७३ वटा संस्थाहरु कृयाशिल छन् । ति संस्थाका प्रतिनिधिमण्डल सम्मिलित विश्व सम्मेलन लगायतका नियमित कार्यक्रम आवधिक रुपमा हुने गर्दछन् ।  प्राविधिक रुपमा दक्ष जनशक्ति उत्पादनतर्फ जोड दिदै जापान सरकारले संचालन गर्ने प्रविधि तालिममा सहभागी छनौट, परामर्श जस्ता कार्यमा संस्थाको सकृय भूमिका रहने गर्दछ ।

धेरै पढिएको