News Desk
काठमाण्डौं । नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित हुनुभएको छ । भट्टलाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । बागलुङ्गमा जन्मनु भएका भट्टले विगत २ दशक देखी कतारलाई आफनो कर्मभूमि बनाउदै आउनु भएको छ । उहाँ गैर आवासीय संघ, अन्तराष्टिय समन्वय समितिका सदस्य समेत हुनुहुन्छ ।
निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई गर्व महशुस भएको युवा व्यवसायी भट्टले प्रतिक्रिया दिनुभयो ।