News Desk
काठमाडौं ─ १७ साउन २०७९
काठमाडौं, ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा ल्याएकाे अफर अपडेट गरेकाे छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो ।
यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउनेछन् । यस क्यासब्याक अफरलाई अझ राम्राे बनाउन कम्पनीले एक जना विजेताले पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएकाे छ । जसकाचे लागि सेवाग्राहीले महिनाभरी कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नुपर्ने छ ।