आज देखी राहादानीको अनलाइन आवेदन बिहान ११ बजे देखी
News Desk
Aug-02 , 2022 तारिख 11:20 बिहान

काठमाडौं ─ १७ साउन २०७९

काठमाडौं, राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

धेरै पढिएको