मनकामना केवलकारको सेवा साउन २३ गतेदेखि ६ हप्ता बन्द हुने (सूचनासहित)
News Desk
Aug-03 तारिख 02:00 बेलुका

काठमाडौं ─ १८ साउन २०७९

काठमाडौं, नेपालकै पहिलो केवलकार मनकामना केवलकारको सेवा साउन २३ गतेदेखि बन्द हुने भएको छ । थप आधुनिक प्रविधि जडान गरि केवलकारलाई अपग्रेड गर्नका लागिरहेको हुदाँ केवलकारको सेवा बन्द गर्न लागिएको हो। केवलकारको सेवा करिब ५ देखि ६ हप्ताका लागि सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

केवलकारलाइ एनालग प्रविधिबाट डिजिटल प्रविधिमा स्तरोन्नती गर्नका लागि केवलकार सेवा बन्द गर्न लागिएको मनकामना केबलकारका स्टेशन म्यानेजर उज्जल शेरचनले बताउनुभयो। स्तरोन्नतीका लागि अष्ट्रियाको डोप्पेलमायर कम्पनीबाट प्राविधिकहरु आइसकेको र काम नसकिएसम्म सेवा बन्द रहने उहाँले बताउनुभयो ।