News Desk
ललितपुर । ललितपुर चेम्बर अफ कमर्स तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको छ । २०७६ साल श्रावण १९ गते नेपाल चेम्बर अफ कमर्सको जिल्ला शाखाको रुपमा ललितपुर चेम्बर अफ कमर्सको स्थापना भएको थियो । यसै माझ तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा ललितपुर चेम्बर सम्बद्ध पदाधिकारी एवम् सदस्यहरुले हार्दिक साटासाट गर्दै तथा केक काटी वार्षिक उत्सव मनाएका छन् । वार्षिक उत्सव मनाउने क्रममा पदाधिकारी एवम् सदस्यहरुले संस्थापक अध्यक्ष पुष्परत्न शाक्यलाई पुष्प गुच्छा र खादा पहिराई सम्मान समेत व्यक्त गरे ।
सो अवसरमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुका समस्या समाधानार्थ नेपाल सरकारका तालुकात निकाय एवम् अधिकारीहरुलाई झक्झकाउने, मुलुकको आर्थिक उत्थानका निम्ती पहल एवम् सुझाव प्रस्तुत गर्ने, आफना सदस्यहरुको व्यवसायिकता विकासमा बढि जोड दिदै ललितपुरको सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन विकास, कला प्रबर्धन जस्ता बिषयलाई प्राथमिकता दिदै छोटो समयमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको बताउनुभयो ।