सत्ता गठबन्धनको बैठक बस्दै, आगामी निर्वाचनमा सिट बाँडफाँडबारे छलफल हुने
News Desk
Aug-05 तारिख 11:25 बिहान

काठमाडौं ─ २० साउन २०७९

काठमाडौं, मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ । गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।