बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ: परराष्ट्रमन्त्री खड्का
News Desk
Aug-05 तारिख 11:33 बिहान

उदयपुर ─ २० साउन २०७९

उदयपुर, परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताए । बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हु्न् ।

उनले बाढीका कारण हजारौं विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्ने काम सुरु हुने बताए । कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्बसाधारण विस्थापित भएका छन् ।