गैरआवासीय नेपाली संघ बहराईनद्धारा नवनियुक्त राजदूत वाग्लेसँग शिष्टाचार भेटघाट
News Desk
Aug-05 तारिख 11:43 बिहान

काठमाडौं ─ २० साउन २०७९

काठमाडौं, गैरआवासीय नेपाली संघ बहराईनले नवनियुक्त राजदूत तीर्थराज वाग्लेसँग शिष्टाचार भेटघाट गरेको छ । नेपाल सरकारबाट बहराईनका लागि नवनियुक्त राजदूत महामहिम तीर्थराज वाग्लेलाई गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराईनकोतर्फबाट सो अवसरमा स्वागत गरिएको थियो । भेटमा राष्ट्रिय समन्वय परिषद् बहराईनको तर्फबाट लक्ष्मी गिरी तथा विभिन्न पदाधिकारीहरु साथै राजदुतावासका नियोग उपमुख अरुणा घिसिङ, श्रमसहचारी जमुना काफ्ले, तृतीय सचीव सुनिता लोकन्ड्रीबीच समसामयिक बिषयमा छलफल भएको थियो ।

छलफलमा आउँदा दिनहरुमा पनि राजदुतावास र एनआरएनए बहराईन बिचको सम्बन्ध अझै सुमधुर, गाढा र प्रगाढ रहने छ भन्ने कुरोमा बिश्वस्त रहेको गिरीले बताइन । साथै समय उपलब्ध गराइदिने राजदुतावास परिवारप्रति संघलेहार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।