कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण
News Desk
Aug-08 , 2022 तारिख 01:09 बेलुका

काठमाडौं ─ २३ साउन २०७९

काठमाडौं, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।

आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।

धेरै पढिएको