नर्भिकको संरचना तत्काल नहटाउन अदालतको आदेशपछि मेयर बालेन असन्तुष्ट
News Desk
Aug-11 , 2022 तारिख 10:42 बिहान

काठमाडौं ─ २६ साउन २०७९

काठमाडौं, सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नर्भिकले सार्वजनि जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाथलस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार मेयर शाह आफैं पुगेर सूचना टाँस गरेका थिए । तर अदालतले यसलाई रोकेपछि शाहले समाजिक सञ्जालमा भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।’

धेरै पढिएको