News Desk
काठमाडौं ─ २६ साउन २०७९
काठमाडौं, आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगीको निःशुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयोग गरेको हो ।
बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । सिइओ रेग्मीले हस्पिटलले गर्दै आएको पुण्यको काममा आइएमई जनरल इन्स्योरेन्स संलग्न हुन पाउँदा खुशी भएको बताए ।