रायमाझी परिवारको तीज गीत ‘भाइ गयो लाहुरे हुनलाई’ बजारमा
News Desk
Aug-12 , 2022 तारिख 10:14 बिहान

काठमाडौं ─ २७ साउन २०७९

काठमाडौं, पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईनु संगै दैनिक नया गीतहरु बजारमा आईरहेका छन । अहिले समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएको छ । हाल कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन भने कती हजारमै पनि छन । यसै सन्दर्भमा बजारमा धेरै कलाकारहरुले आफ्नो गित निकालीरहेका छन ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन । तिज आऊन करिव एक महिना बाकि रहेको छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु दैनिक नया नया आऊन थालिसकेका छन । यसैविच हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित रायमाझी परिवारकोको “भाइ गयो लाहुरे हुनलाई” बोलको तीज गित सार्वजनिक भएको छ। यति बेला रायमाझी परिवारको तीजको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ । भाइ गयो लाहुरे हुनलाई बोलको गीतमा शब्द/संगीत बिशाल रायमाझी स्वयं आफ्नै रहेको छ । गीतमा हरिमाया रायमाझी र शर्मिला रायमाझीको आवाज रहेको छ भने गीतमा एलिना रायामाझी, बिबेक रायमाझी, सृजना खनाल र सन्ध्या क्षत्रीको अभिनय रहेको छ। हालै सार्वजनिक गरिएको भिडियोको निर्देशन राजकुमार मगर तथा कोरियोग्राफर अमर सुनार र सम्पादन राजकुमार मगरकै रहेको छ।

धेरै पढिएको