कञ्चनजङ्गा टि स्टेट​ एक लाख नगद राशिसहित मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८० बाट सम्मानित
News Desk
Jun-29 , 2024 तारिख 08:45 बेलुका

कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्र फिदिम पांचथर जननेता मदन कुमार भण्डारीको स्मृतिमा स्थापित रू एक लाख नगद राशिसहितको मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८० बाट सम्मानित भएको छ । कञ्चनजङ्गा चिया बगानलाई शुक्रबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पि शर्मा ओलीले नगदसहित सम्मान पत्र प्रदान गरे । कम्पनीकोतर्फबाट प्रबन्ध निर्देशक शान्ता बास्कोटा र निर्देशक तारा बास्कोटाले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो । 

कम्पनीले विगत २०४० सालदेखि नेपालमा चिया उत्पादन क्षेत्रको अध्ययन अनुसन्धान गरी चियाका विरुवाहरुको नवीन आयुर्वेदिक/जैविक खेती प्रविधिमार्फत विभिन्न प्रकारकार चिया, जडीबुटी लगायत प्राकृितिक मसलाहरुसहित वार्षिक रुपमा १०० टनभन्दा बढी चिया तथा जडीबुटीको गुणस्तरीय उत्पादन गरी स्थानीय रोजगारी सिर्जना, बजारीकरण, चियाको अन्तर्राष्ट्रीय क्षेत्रमा निर्यात प्रबर्द्धनमा महत्व्पूर्ण योगदान पुर्याउदै आएको छ ।

राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने मुख्य उद्धेश्यसहित नेपालको पहिलो अर्गानिक चिया बगान र जैविक हरियो चिया उत्पादनको नमुना संस्थाका रुपमा उल्लेखनीय योगदान पुर्याउनुका साथै बगानका कामदारका छोराछोरीलाई छात्रवृत्ति, ऐको-हाउस परियोजना, गाई बैँक परियोजना, किसान सहकारी पसल, सामुदायिक बिकास निर्माण जस्ता कार्यहरुमार्फत नियमित सामाजिक उत्तरदायित्त्वको समेत उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल  भएकाले संस्थाको अमूल्य योगदान, समर्पण र लगानशीलताको कदरगर्दै पुरस्कार प्रधान गरिएको मदन भण्डारी प्रतिष्ठानले जनाएको छ । 

धेरै पढिएको