News Desk
बैतडीको मेलौलीमा घरको छतमा ट्याक्टर खसेको छ। मेलौली नगरपालिका ३ तल्खेत भन्ने ठाउँमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
दुर्घटनामा दुई बालिका र चालक घाइते भएको खबर प्राप्त भएको छ। घाइते हुनेमा स्थानीय ७ वर्षकी निकिता चन्द र ७ पूर्र्णीमा चन्द रहेका छन। घाइते दुबैजनालाई उपचारको लागि ।पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।
सडकमा ढुंगा लोड गरिरहेको बेला ट्याक्टर एक्कासी चल्न गएको हो। दुर्घटना भएको ट्याक्टर सडकबाट १०० मिटर तल धनी भट्टको घरमा खसेको प्रहरीले जनाएको छ। ट्याक्टरले घरमा समेत क्षति गरेको छ।