News Desk
दाङमा चना अड्किएर ३ वर्षे बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो।
तलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३ वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
घर्ती बुधबार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बेलुका ५ बजेतिर घाँटीमा अड्किएर निसास्सिएका थिए। त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थापाले बताए।
यसैगरी बबई नदीले बगाएर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित बबई नदी तर्ने क्रममा बुधबार बिहान करिब ८ बजे १९ वर्षीया सम्झना चौधरीलाई बगाएको थियो।
उनलाई खोजी गर्दै जाँदा दंगीशरण गाउँपालिका-४ स्थित बैबाङ-बाँकी जोड्ने पक्की पुल नजिकै बबई नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। आफन्तका घरमा जाने क्रममा उनी बगेकी थीन।