News Desk
सशस्त्र प्रहरीले विभिन्न पदमा अधिकृत स्तरका ४८ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सन्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।