News Desk
जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ।
यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतवारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा दिँदै आएको थियो।
भद्रकालीस्थित कूल ८० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त भवन ८ तलाको रहेको छ। उक्त भवन ६ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौँ प्रहरीले जनाएको छ।